ओमनको खाडीमा विशाल ‘युद्ध अभ्यास’ गर्दै चीन, रुस र इरान

Break n Links
Break n Links

चीन, रुस र इरानले एक विशाल सैन्य युद्ध अभ्यास गर्ने घोषणा गरेका छन्। चिनियाँ रक्षा मन्त्रालयका अनुसार यसै साता ओमनको खाडीमा उक्त सैन्य अभ्यास हुनेछ। त्यसमा चीन, रुस र इरानका जलसैनिक तथा वायु सेनाहरू सहभागी हुनेछन्। त्यो बाहेक अरु करिब आधा दर्जन देशका सैनिकहरू पनि त्यो अभ्यासमा सहभागी हुने भएका छन्। 

इरानी समाचार एजेन्सी तस्निमका अनुसार यो सैन्य अभ्यास आगामी सोमबार नै सुरु हुनेछ। त्यसका लागि मूलस्थान चाबहार बन्दरगाहलाई तय गरिएको छ। यो भनेको ओमनको सामुद्रिक तटीय क्षेत्र हो। यो इरानको नजिकै पर्छ। 

अमेरिका र इजरायलयले इरानलाई बारम्बार परमाणु कार्यक्रम बन्न गर्न कडा चेतावनी र धम्की दिइरहेका बेला यो सैन्य युद्ध अभ्यास हुन थालेको हो। यद्यपि चीन, रुस र इरानको यो अभ्यास नयाँ भने होइन। हरेक वर्ष यो अभ्यास हुनेगर्छ। 

तर हालका दिनमा दोस्रोपटक अमेरिकी राष्ट्रपति भएका ट्रम्प निकै कडा र आक्रामक भइरहेका बेलामा हुन थालेको यो सैन्य अभ्यासलाई शक्ति राष्ट्रहरूले निकै अर्थपूर्णरुपमा लिएका छन्। 

राष्ट्रपति भएसँगै ट्रम्पले इरानलाई परमाणु कार्यक्रम बन्द नगरे उसमाथि आक्रमण गर्न सकिने चेतावनी दिइरहेका छन् भनेर चिनियाँ सामग्रीहरूमा चर्को करवृद्धि गरिदिएका छन्। 

समाचारअनुसार यो सैन्य युद्धाभ्यासमा अजरबैजान, दक्षिण अफ्रिका, पाकिस्तान, कतार, इराक, यूएई तथा श्रीलङ्कालगायतका देशका सैनिक पनि सामेल हुनेछन्। 
 

प्रकाशित मिति: : 2025-03-10 09:31:00

प्रतिकृया दिनुहोस्