प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दैछन्। दिउँसो १ बजे सुरु हुने प्रदेशसभा बैठकमा सम्बोधन गर्न आज उनी त्यहाँ जाँदैछन्।
योसँगै उनी सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्तमा पनि सहभागी हुनेछन्।
यसअघि उनले लुम्बिनी तथा कर्णाली प्रदेशसभालाई पनि सम्बोधन गरेका थिए।