साँखुकाे टहरामा टिप्पर छिर्‍याे, किचिएर तीनजनाकाे मृत्यु

शंखरापुर नगरपालिकाे साँखु स्थित टहरामा टिप्पर छिरेपछि त्यसले किचेर ३ जनाकाे मृत्यु भएकाे छ। 

टहरामा मानिस सुतिरहेका बेला बिहान साढे ३ बजेतिर टिप्पर छिरेकाे थियाे। 

टिपरले किच्दा २१ वर्षीय आकाश र सुमन तथा ४५ वर्षीय हरिजनको मृत्यु भएको हो । 
द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले साँखुकाे सलम्बुटारमा आश्रयस्थल सञ्चालन गर्दै आएको छ । २०६२ सालदेखि सञ्चालित त्याे आश्रयस्थलमा  ६१ जना बस्दै आएका छन्। ती फरक फरक टहराहरूमा बस्छन्। 
टिप्पर भनेर १० जना सुतेकाे टहरामा छिरेकाे थियाे। 

बिहान सडकमा गुडिरहेकाे बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित हुँदै सडकमुनि रहेको उक्त टहराभित्र छिरेकाे थियाे। सुतिरहेका उनीहरू किचिएपछि उद्धार गरेर नेपाल मेडिकल कलेज पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। 

टिपर चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१२ का २५ वर्षीय सागर माझीलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएकाे छ। 
 

प्रकाशित मिति: : 2025-03-07 08:25:00

प्रतिकृया दिनुहोस्