रंगशालामा दर्शक कुट्नेहरू ‘बिल्लाधारी गुण्डा’ होईनन्, ‘गणतन्त्रका सेनानी’ हुन: एमाले सांसद रिजाल

Break n Links
Break n Links

नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले केपी ओली कपमा दर्शक कुट्ने एमाले कार्यकर्ताहरू ‘गुण्डा’ नभएर ‘गणतन्त्रका सेनानी’ भएको बताएका छन्।

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रिजालले यस्तो दाबी गरेका हुन्।

रिजालले जब लोकतन्त्र र गणतन्त्रमाथि प्रहार हुन्छ, लोकतान्त्रिक गणतन्त्रात्मक नेतृत्वमाथि प्रहार हुन्छ, ती सेनानीहरू चुप लागेर नबस्ने दाबी गरे।

उनले भने,‘सभामुख महोदय, सभ्यताको यो थलो संसदमा एक/दुई दिन अगाडिदेखि बडो असभ्य शब्दहरू प्रवेश हुँदैछ। भर्खर भर्खर जंगलबाट शहरतिर छिरेका जम्मो मन्त्रीहरूले यस्ता शब्दहरू अशिष्ट, असभ्य र असंसदीय सभ्यहरू यहाँ राख्ने निरन्तर प्रयास भएको छ। हिजोमात्रै बिल्ला लगाएको गुण्डाहरू भन्ने जुन यहाँ सुनियो, यो संसदीय शब्द होइन। यो असभ्य शब्द हो। म के चूनौति दिन चाहन्छु भने ती बिल्लाधारी गुण्डा होईनन्, ती लोकतन्त्र र गणतन्त्रका सेनानी हुन्। जब लोकतन्त्र र गणतन्त्रमाथि प्रहार हुन्छ, लोकतान्त्रिक गणतन्त्रात्मक नेतृत्वमाथि प्रहार हुन्छ, ती चुप लागेर बस्दैनन्। जब ती चुप लाग्दैनन्, त्यतिखेर दुनियाँले थाहा पाउनेछ ती सेनानीहरूको ताकद कति हुँदोरहेछ भनेर।’

प्रकाशित मिति: : 2025-03-06 15:56:00

प्रतिकृया दिनुहोस्