गाजामा थप ४२ दिन युद्धविराम लम्ब्याउन सहमत

Getty Images
Getty Images

इसराइल गाजामा ४२ दिन युद्धविराम लम्ब्याउन सहमत भएकाे छ। 

पहिलो चरणको ४२ दिनको युद्धविराम शनिबार सकिएलगत्तै त्यसलाई लब्याउन इसराइल सहमत भएकाे हाे। 

युद्धविराम थप गर्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व हेर्ने दूत स्टिभ विटकफको प्रस्तावलाई इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले अनुमोदन गरेकाे  इसराइली मिडियाहरूले जनाएकाे छ। 

सो अवधिमा गाजामा हमासको नियन्त्रणमा रहेका बाँकी बन्धक छाड्न पहल गरिने भनिएको छ। 

युद्धविरामको सम्झौताअनुसार नभए ४२ दिनपछि इसराइलले गजामा पुनः हमासलक्षित आक्रमण थाल्ने सर्त नेतन्याहूले राखेका छन्।

इसराइल युद्धविराम लम्ब्याउन तयार भएपनि हमासले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

प्रकाशित मिति: : 2025-03-02 11:05:00

प्रतिकृया दिनुहोस्