वीरता जेसीजकाे अध्यक्षमा युवराज कुँवर निर्विरोध निर्वाचित

झापाको बिर्तामाेडस्थित वीरता जेसीजकाे अध्यक्ष पदमा युवराज कुँवर निर्विरोध निर्वाचित भएका छन्।

वीरता जेसीजको ४४औं अधिवेशन तथा साधारण सभाबाट कुँवर सन् २०२५ का लागि निर्विरोध निर्वाचित भएका हुन्। अध्यक्ष पदका तीन उम्मेदवारमध्ये सुरज चौधरी र दिवाकरलाल चौधरीले ककस प्रक्रियामा भाग नलिएपछि कुँवर निर्विरोध निर्वाचित भएकाे घाेषणा गरिएकाे निर्वाचन अधिकृत घनश्याम चौधरीले जानकारी दिए।

ककसमा सहभागी नहुने उम्मेद्वारको उम्मेद्वारी स्वतः खारेज हुने जेसीजमा व्यवस्था छ।

वीरता जेसिसको कार्यकारिणी उपाध्यक्षमा प्रभात मास्के र सुमनकुमार पोद्धारसहित सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ।

वीरता जेसिसको संयुक्त सचिवमा सुवास तिखत्री, उपाध्यक्षहरूमा पुष्प भण्डारी, शुभम शाह, अजय कुमार चौधरी र अजय अधिकारी निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै जनसम्पर्क अधिकारीमा अभिषेक गहतराज डिक र  तालिम संयोजकमा सुशील थापा निर्विरोध निर्वाचित भए।

जेसिजको विधानअनुसार कानुनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष अध्यक्षले मनोनित गर्ने व्यवस्था छ भने निवर्तमान अध्यक्ष बाेर्डकाे पदेन सदस्य हुने व्यवस्था छ।

प्रकाशित मिति: : 2025-02-27 15:26:00

प्रतिकृया दिनुहोस्