ओलीविरुद्धको मुद्दामा ‘कारण देखाउ आदेश’ जारी

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनामा कारबाहीको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ।

गिरीबन्धु टी स्टेट्ससम्बन्धी फैसला कार्यान्वयन नगरेर उल्टै अध्यादेशमार्फत जग्गा बेचबिखन गर्न खोजेको आरोप लगाउँदै अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित गत माघ २९ गते प्रधानमन्त्री ओलीविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले अदालतको अबहेलनामा मुद्दा दायर गरेका थिए।

ओलीविरुद्धको रिटमा सुनुवाई गर्दै न्यायाधीशद्धय शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले कारण देखाउ आदेश जारी गरेको हो।

गिरीबन्धुको जग्गा सट्टाभर्ना गरिएको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयन  कार्यान्वयनमा ओली सरकारले अवरोध गरेको हुँदा उनलाई पदबाट मुक्त गर्न रिटमा माग गरिएको छ।

ओलीलाई पदमुक्त गर्न माग गर्दै मुद्दा दायर गर्ने अर्याल काठमाडौं महानगरपालिकाका कानुनी सल्लाहकार पनि हुन्।

प्रकाशित मिति: : 2025-02-16 18:32:00

प्रतिकृया दिनुहोस्