गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन्।
मंगलबार काठमाडौं जिल्ला अदालतमा उनीहरुबीच सम्बन्धविच्छेदको मुद्दा टुंगो लागेको हो।
एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो।
एलिनाले श्रीमानसँग अंश र मानाचामलको दावी गरेकी छैनन्। त्यही भएर डिभोर्स प्रक्रिया छिटो भएको हो।