रविका पक्षमा रमण श्रेष्ठको बहस, आज फैसला आउने सम्भावना कति?

Break n Links
Break n Links

सुप्रिम सहकारीको रकम ठगी गरेको मुद्दाका प्रतिवादी रवि लामिछानेविरुद्ध तेस्रो दिनको थुनछेक बहस सुरु भएको छ।

रुपन्देही जिल्ला अदालतको ५ नम्बर इजलासमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा जारी बहसमा रवि पक्षका वकिलहरूले बहस गरिरहेका छन्।

आइतबार लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेका छन्। शुक्रबार रवि पक्षका तीन जना वकिलले बहस गरेका थिए। उनको पक्षबाट बहसका लागि नाम टिपाएका ५ जना वकिलले बहस गर्न बाँकी छ।

आज रवि पक्षका पशुपति भण्डारी, नारायणदत्त कंडेल, सुरज बस्नेत, सुनिता राउत, राजेन्द्र सेढाईसहितका कानुन व्यवसायीले बहस गर्नेछन्।

प्रतिवादी पक्षका कानुन व्यवसायीको बहसपछि सरकारी वकिलहरूको जवाफी बहस सकेर न्यायाधीशले फैसला सुनाउँने छन्।

बुधबार अदालतमा हाजिर भएका लामिछानेलाई इजलासले परिवार र कानुन व्यवसायीको जिम्मामा छाडेको थियो।

प्रकाशित मिति: : 2025-01-26 12:35:00

प्रतिकृया दिनुहोस्