अख्तियारलाई हर्कको जवाफ- उजुरी लाउने को हो त्यो फटाहा?

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जवाफ फर्काएका छन्।

आफूविरुद्ध परेको उजुरीउपर अख्तियारले सोधपुछ गरेपछि हर्कले बोलिचालीको भाषामा ठट्यौली जवाफ पठाएका हुन्। 

उनले लेखेका छन्, ‘केन्द्र सरकारबाट तत्काल कोशीको पानी ल्याएर खुवाउने सम्भावना नभएपछि बोर्डको स्वायत्त अधिकार प्रयोग गरी समर्थक र सहयोगीहरूको आर्थिक र भौतिक सहयोग लिएर कोकाहा खानेपानी श्रमायोजना २ चलिरहेको छ। एक दिन आउनु है मूहानबाट धरानसम्म हिँड्दै-हिँड्दै पाइप गन्न र प्रोजेक्ट हेर्न। कम्ता रमाइलो छैन।’

मेलम्ची आयोजना, दमक टावर, एनसेल, वाइडबडीजस्ता कुरा तिर नलागेर श्रमदान अभियानको खेदो नखन्न, अन्यथा तिर्खाएका मानिसहरूको श्राप लाग्ने उनको टिप्पणी छ।

हर्कले भनेका छन्, ‘त्यो वाइयात उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो? कति दिन श्रमदान गयो? को हो त्यो? बुझेर लेखिपठाउनु होला। धरानको हो कि धरान बाहिरको हो त्यो फटाहा? अचम्म लाग्छ यत्रो दुःख गर्दा नि ताली नबजाको देख्दा!’

प्रकाशित मिति: : 2025-01-24 14:46:00

प्रतिकृया दिनुहोस्