सैफ अली खानमाथि छुरा प्रहार हुँदा घरमा थिइनन् पत्नी करिना कपूर

photo–agency
photo–agency

बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार भएको छ। आफ्नो घरमा आक्रमणमा परेका सैफको लीलावती अस्पतालमा उपचार भइरहेको छ। 

उनको शल्यक्रिया भएको पनि जनाइएको छ। खासमा, सैफको बान्द्रास्थित घरमा चोर पसेका थिए। त्यहीक्रममा उनीहरूबीच झडप भयो। र, चोरले उनीमाथि आक्रमण गरिदिए। 

त्यतिबेला चोरको आक्रमणबाट घाइते भएका सैफलाई सम्हाल्न भने श्रीमती करिना कपूर घरमा थिइनन्। उनी लण्डनमा थिइन्। 

इन्स्टाग्राममा उनले राखेको तस्बिरअनुसार उनी गएराति सोनम कपूर र रिया कपूरको साथमा पार्टी गरिरहेकी थिइन्। उनीहरूसँगै करिनाकी दिदी करिश्मा कपूर पनि थिइन्। 

श्रीमान सैफ अस्पतालमा भर्ना भइरहँदा यतिबेला करिश्माले सामाजिक सञ्जालमा राखेको तस्बिर भनेर भाइरल भइरहेको छ। 


बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार


 
 

प्रकाशित मिति: : 2025-01-16 11:23:00

प्रतिकृया दिनुहोस्