भूकम्प प्रभावित बालबालिका भन्छन्- हाम्रो घर छिट्टै पुनर्निर्माण होस्

दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको भूकम्प प्रभावित डिङ्ग्री काउन्टीका बालबालिकाहरु मनोवैज्ञानिक असर कम गराउन अस्थायी मनोरञ्जन केन्द्रमा समय बिताइरहेका छन्।

उनीहरुले उद्धारकर्मीहरूप्रति कृतज्ञता व्यक्त गर्दै आफ्ना चित्र र शब्दहरूमार्फत राम्रो भविष्यको आशासमेत व्यक्त गरेका छन्।

विपद्पछिको पुनःनिर्माण र पुनर्निर्माणको काम भइरहेकाले उद्धारकर्ताहरूले स्थानीय बालबालिकालाई मनोवैज्ञानिक रुपमा स्वस्थ्य बनाउन विभिन्न प्रयासहरु जारी राखेका छन्।

उद्धारकर्ताहरुले बालबालिकाका लागि फुटबल खेल्ने मैदान एवम फराकिला कोठासहितको पुनर्वास स्थलका रुपमा विकास गरिरहेका छन्। उक्त स्थानमा बालबालिकाहरुले मनोरन्जन लिइरहेका छन्। चित्र हेर्न, कोर्न र विभिन्न खेलहरुमा रमाएर उनीहरुले समय कटाइरहेका छन्।

बालबालिकाहरुले भविष्यका योजनाहरु पनि सुनाउने गरेका छन्। ‘मेरो चाहना छ, विपद् छिट्टै अन्त्य होस् र हाम्रो घर छिट्टै पुनर्निर्माण होस्। ताकि हामी बस्नको लागि आनन्दित ठाउँ पाउन सकौँ,’ एक बालकले भने।

‘म जनताको सेवा गर्न सिपाही बन्न चाहन्छु,’ अर्का बालकले भने। ‘म डाक्टर बन्न चाहन्छु किनभने डाक्टरहरूले धेरै मानिसहरूलाई निको हुन मद्दत गर्न सक्छन्,’ तेस्रो बालकले भने।

‘म आफूलाई बलियो बनाउन चाहन्छु ताकि यदि फेरि विपद् आयो भने, म धेरै मानिसहरूलाई मद्दत गर्न सक्छु र धेरै मानिसहरू र खाँचोमा परेका ठाउँहरूलाई आर्थिक सहयोग गर्न सक्छु,’ अर्को बालकले थपे।

सिगाजेमा गएको ६.८ म्याग्निच्युडको भूकम्पमा १२६ जनाको ज्यान गएको थियो। हालसम्म तीन सय ३७ घाइतेको उपचार भइसकेको छ भने २४६ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।(सीसीटीभीप्लस)

प्रकाशित मिति: : 2025-01-13 12:02:00

प्रतिकृया दिनुहोस्