मकवानपुरमा स्कार्पियाे र कार ठाेक्किँदा २ जनाकाे मृत्यु, १२ जना घाइते

मकवानपुरमा स्कार्पियाे र कार एकआपसमा ठाेक्किँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। 

मृत्यु हुनेमा कार चालक हेटौंडा उपमहानगरपालिका–४ का ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठ र अर्का  चितवनको राप्ति नगरपालिका–२का ५० वर्षीय सुनिता श्रेष्ठ रहेका छन्। 

उनीहरूको उपचारका क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

१२ जना घाइतेको चितवनमा उपचार भइरहेको छ। 

शनिबार दिउँसो मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित पूर्व-पश्चिम राजमार्गमा चितवनतर्फ जाँदै गरेको प्रदेश १–०२६ च ५२५० नम्बरको स्कर्पियो र हेटौंडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार एकआपसमा ठोक्किएका थिए। 

स्कार्पियाे र कार दुवैमा क्षेति पुगेकाे छ।

प्रकाशित मिति: : 2025-01-11 19:57:00

प्रतिकृया दिनुहोस्