जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
बिहीबार कास्की अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्रीसमेत रहेका उनलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ गरिएकाे थियाे।
लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएको थियाे।
उनकाे मुद्दाकाे लामाे बहस र बिहीबार सरकारी वकिलको जवाफी बहसपछि न्यायाधीश राईको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएका हाे।