ओली सरकारको दोहोरो चरित्रका कारण वीरगञ्जको विकास ओझेलमा पर्‍याे: प्रभु साह

Break n Links
Break n Links

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगञ्जको विकासमा राजनीतिक दल र नेताहरुले बेइमानी गरेको टिप्पणी गरेका छन्। नेताहरुको दोहोरो चरित्रका कारण वीरगञ्जको विकास ओझेलमा परेको उनले बताए। 

वीरगञ्जस्थित नारायणी रंगशालाको आज निरक्षण गर्दै आजपा अध्यक्ष साहले सरकारको दोहोरो चरित्रका कारण नारायणी रंगशाला जीर्ण बनेको बताए।

केही नेताहरुका कारण नारायणी रंगशाला जीर्ण भएको र विभेदको सिकार बनेको बताउँदै अब प्रभु साह चुप लागेर नबस्ने चेतावनीसमेत उनले दिए।

‘केपी ओली प्रधानमन्त्री हुनुहुन्छ। उहाँ भर्खर वीरगञ्ज आउनुभएको थियो। के उहाँको नजरमा यो नारायणी रंशाला परेन? के ठाकुरराम बहुमुखी क्याम्पस, नारायणी अस्पताल, चिनी मिल, कृषी औजार कारखाना उहाँको नजर परेन? यहाँको घण्टाघर पञ्चायतकालमा बन्यो के उहाँको योग्दान केही हुनुपरेन?’, वीरगञ्जको विकासको बारेमा प्रश्न गर्दै आजपा अध्यक्ष साहले भने, ‘यहाँ आएर लम्बालम्बा भाषण गर्ने? यहाँको विकासको बारेमा केही नसोच्ने? उहाँको अगाडिपछाडि गर्नेलाई सोध्ने बेला भएको छ। की त्यो पार्टी छोड या यहाँको विकासको बारेमा केही गर। वीरगञ्जमा लुटने काम मात्रै उनीहरुले गरे।’ 

वीरगञ्जबाट राजस्व लिने तर वीरगञ्जको विकासका लागि सरकारले केही नगर्ने हो भने अब चुप लागेर नबस्ने र यसको हिसाब किताब गर्नुपर्ने साहले बताए। यहाँबाट ट्रक आउजाउ गर्दा त्यसको धुलोधुवा वीरगञ्जबासीले खानुपर्ने तर सरकारले विकास नै नगरेपछि अब हामीले कर किन तिर्ने त्यसबारेमा सोच्ने बेला भएको उनले बताए। 

‘वीरगञ्जबाट चारगुणा बढी ट्याक्स लिने तर सोही परिणाममा यहाँको विकास किन नगरेको भन्ने बारेमा हामीले प्रश्न गर्नुपर्छ। जब यहाँबाट सरकारले बढीभन्दा बढी टयाक्स लिन्छ भने बढी भन्दा बढी विकास गर्नुपर्छ’, आजपा अध्यक्ष साहले भने, ‘२१औँ शताब्दीमा वीरगञ्जसंग जुन अन्याय, अत्याचार, विभेद भइरहेको छ हामी चुप लागेर बस्दैनौँ। वीरगञ्जको मानसम्मान, विकास, गौरबका लागि प्रभु साह चुप लागेर बस्दैन। हामी यसको हिसाबकिताब गर्छौं।’

मधेस विभिन्न खेलकुदमा मधेस अगाडि रहेको इतिहास रहेको बताउँदै उनले मधेसलाई पछाडि पार्न खोज्नु दुर्भाग्य भएको बताए।

क्रिकेट, कुस्ती, फुटवल, भलिवल लगायतका विभिन्न खेलमा मधेस जहिले पनि अगाडि भएको बताउँदै उनले यहाँको रंगशालाको पुनर्निमाण गर्नुपर्ने, थप रंगशाला निर्माण गर्दै खेलकुदको विकासका लागि आफूले योग्दान उनले बताए। 

पर्साका नेताहरु दलालीमा उत्रेको र यस्ता योजनालाई छोडेको प्रति उनले आक्रोश व्यक्त गर्दै प्रभु साहले यस्ता योजनालाई पूरा गर्नका लागि योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

मधेससंग विभेद, अत्याचार र सौताको व्यवहार सरकारले गरेको आरोप लगाउँदै उनले वीरगञ्जको विकासका लागि आजपाले हरेक किसिमको सहयोग गर्न तयार रहेको बताए।

वीरगञ्जको गौरवको रूपमा रहेको नारायणी रंगशालाको निरीक्षण पश्चात आजपा अध्यक्ष साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नारायणी रंगशालाको हाल बेहाल हेर्दा सरकारसंग केही प्रश्न गर्न मन लाग्यो। गौरवशाली इतिहास बोकेको यो रंगशालाप्रति विभेद किन? रंगशालाको विकास सरकारको प्राथमिकतामा किन परेन? के यहाँको बालबालिकालाई खेलकुदको अधिकार छैन? देश बदलावमा अग्रणी भुमिका खेलेको वीरगञ्जलाई यस्तो उजाड किन बनाउनुभो? के वीरगञ्ज प्रयोग गर्ने र फ्याक्ने ठाउँ हो? के कर तिर्ने वीरगञ्जले रिटर्न पाउने अधिकार राख्दैन? सरकारै सरकार भएको देशमा वीरगञ्जको लागी सरकार बिहिनता किन? अहिलेको २१औँ शताब्दीको लोकतान्त्रिक युगमा के यस्तो अत्याचार सहन सकिन्छ? हेक्का राखनु चोरहरू, अब वीरगञ्ज चुप लागेर बस्दैनाैँ।’

प्रकाशित मिति: : 2025-01-09 14:12:00

प्रतिकृया दिनुहोस्