संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल पक्राउ परेका छन्।
ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई बिहीबार बिहान विराटनगरबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ।
उनीमाथि एमबीबीएसको प्रवेश परीक्षामा छोरीको नाम निकालिदिने भन्दै सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख ३० हजार रुपैयाँ लिएको आरोप छ।
अनिलमाथि ठगीकाे आरोप लागेपछि लेखा समितिका सभापति पोखरेलले आफ्नाे स्वकीय सचिव रहेका उनलाई जिम्मेवारीबाट हटाएका थिए।
जिल्ला अदालत मोरङले सोमबार उनलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थियाे।