साताका तस्बिर: दक्षिण कोरियामा विमान दुर्घटनादेखि नयाँ वर्षकाे उत्सवसम्म

Break n Links
Break n Links

याे साता सन् २०२४ लाई बिदाइ गरी अंग्रेजी नयाँ वर्ष इस्वी संवत् २०२५ लाई स्वागत गर्दै बित्याे। विश्वभरका मानिसहरूले नयाँ वर्षमा शुभकामना आदान प्रदान गर्दै उत्सवमा मनाए।

यससँगै याे साता विश्वमा राजनीतिक संकट देखिनै रह्यो। जसमा दक्षिण कोरियाको राष्ट्रपति युन सुक येओललाई महाभियोग लगाउने अदालतको स्वीकृतिको विरोध गर्दै प्रदर्शनहरू भए।

यसैगरी यही साता अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधन भयाे। याे घटनाले पनि विश्वमा चर्चा पाए।

यस्तै याे साता दक्षिण कोरियाकाे मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान दुर्घटना हुँदा १७९ जनाकाे मृत्यु भयाे। यसले पनि विश्वलाई स्तब्ध बनायाे।

यस्तै विविध घटनाहरूलाई रोयटर्सका फोटो पत्रकारहरूले आफ्नाे क्यामेरामा कैद गरेका छन्। हेर्नुहाेस् साताका २१ उत्कृष्ट तस्बिरहरू:


१. दक्षिणी गाजा पट्टीको खान युनिसमा इजरायल-हमास द्वन्द्व जारी रहँदा भोकमरीको संकटबीचमा परोपकारी भान्साबाट पकाइएको खाना लिन भेला भएका युद्ध प्रभावित प्यालेस्टिनीहरू

२. बेलायतको ब्रामहल नजिकै बाढीको पानीमा कार फसेपछि एक व्यक्तिलाई उद्दार गर्दै फायर फाइटरहरू

३. थाइल्यान्डको राजधानी बैंककको बाहिरी भागमा रहेको नोन्थाबुरीको मन्दिरमा नयाँ वर्षको सुरुवातमा पुन: जन्म पाउनको लागि भक्तहरू कफिनभित्र पल्टेर प्रार्थना गर्दै

४. भारतको श्रीनगरस्थित डल तालमा आंशिक रूपमा जमेको आफ्नो डुङ्गा सार्न एक व्यक्ति बरफ फुटाउने प्रयास गर्दै

५. जापानको राजधानी टोकियोस्थित इम्पेरियल प्यालेसमा नयाँ वर्षको अवसरमा आयोजित सार्वजनिक कार्यक्रममा जापानकी महारानी इमेरिटा मिचिको, सम्राट इमेरिटस अकिहितो, सम्राट नारुहितो, महारानी मासाको, राजकुमारी आइको, युवराज अकिशिनो, युवराज किको र राजकुमारी काको शुभेच्छुकहरूलाई शुभकामना दिनुहुँदै

६. ट्रम्प टावरको प्रवेशद्वारमा जलाइएको टेस्ला साइबरट्रकको अवशेष निरीक्षण गर्दै सुरक्षाकर्मी लस भेगास, नेभाडा, अमेरिकामा

७. इक्वेडरको ग्वायाकिलको लास माल्भिनासमा गत हप्ता मृत फेला परेका चार नाबालिगहरूमध्ये एकको कफिनको अगाडि शोक प्रकट गर्दै परिवारका सदस्यहरु

८. अमेरिकाको न्युयोर्क शहरस्थित ब्रुकलिन बरोकोकोनी आइल्याण्डमा वार्षिक ध्रुवीय भालु (पोलर बियर) डुब्ने क्रममा पानीतिर दौडिरहेका सहभागीहरु

९. नयाँ वर्षको पूर्वसन्ध्याको उत्सवको क्रममा सिड्नी ओपेरा हाउस र हार्बर ब्रिजमा गरिएको आतिशबाजी अस्ट्रेलियाको सिड्नीमा

१०. राष्ट्रपति युन सुक येओललाई महाभियोग लगाउने अदालतको स्वीकृतिको विरोध गर्दै उनको आधिकारिक निवास अगाडि भेला भएका प्रदर्शनकारीहरू, दक्षिणको रियाको सियोलमा

११. कोभिड २०१९ पछि बन्द भएको ड्रुक अमिताभ माउन्टेन ननरी पुन खोल्ने क्रममा आफ्नो सीप प्रदर्शन गर्दै एक कुङ फु नन (खेलाडी), नेपालको काठमाडौँमा

१२. संयुक्त अरब इमिरेट्सको दुबईमा नयाँ वर्ष मनाउने क्रममा विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा ज्लाइएको आतिशबाजी

१३. नयाँ वर्षको उत्सवमा आतिशबाजी हेर्दै सर्वसाधारणहरु दोहा, कतारमा

१४. पूर्वअमेरिकी राष्ट्रपति जिम्मी कार्टरको मृत्युपछि नेशनल मलको वाशिंगटन स्मारकमा आधा स्टाफमा उडिरहेको झण्डाहरूकोबीच हिँड्दै एक व्यक्ति वाशिंगटन डिसी, अमेरिकामा

१५. दक्षिण कोरियाको मुआनमा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्गबाट ​​बाहिर निस्केको जेजु एयरको विमानको भग्नावशेष नजिकै उद्धारकर्ताहरू

१६. स्पेनको ग्रान क्यानारिया टापुको कास्टिलो डेल रोमेरलको समुद्र तटमा फाइबरग्लासको डुङ्गाद्वारा आइपुगेका अवैध आप्रवासीहरूको समूह रेड क्रसले गर्ने उपचारको लागि पर्खिँदै

१७. कुहिरो मौसममा रिचमन्ड पार्कमा रहेको हिरणको सिङ्गमा बसेका चराहरू, लन्डन, बेलायतमा

१८. राष्ट्रपति चुनावको क्रममा एक महिला मतदान केन्द्रमा मतदान गर्दै, क्रोएसियाको जाग्रेबमा

१९. अमेरिकाको न्युयोर्क शहरस्थित म्यानहट्टनमा क्रिसमसको सजावटमा मानिसहरू हिँड्दै

२०. इजरायल र हमासबीच जारी द्वन्द्वको बीचमा दक्षिणी इजरायलबाट देखिएको गाजा पट्टीका भवनहरूको भग्नावशेष

 

२१. राष्ट्रपति बसर अल-असदलाई अपदस्थ गरेपछि उनका पिता तथा पूर्वराष्ट्रपति हाफेज अल-असदको मोजेकमा चित्रित सिरियाली विद्रोही झण्डाको भित्तिचित्र नजिकै​ उभिरहेका मानिसहरू, दमास्कस सिरियामा

प्रकाशित मिति: : 2025-01-04 14:29:00

प्रतिकृया दिनुहोस्