गणतन्त्र स्थायी रहन्छ, यसलाई अझै सुदृढ बनाउन आवश्यक छ: देउवा (भिडियाे)

Break n Links
Break n Links

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जानुपर्ने बताएका छन्।

मंगलबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले गणतन्त्रलाई सफल पार्ने र अझै विश्वसनीय बनाउने सबैको कर्तव्य भएको बताए।

उनले भने, ‘आजको जुन यो गणतन्त्र छ, यसलाई सफल पार्न र अझै विश्वसनीय बनाउनका लागि सबैको कर्तव्य हो। मलाई लाग्छ यो गणतन्त्र स्थायी रहन्छ। र यसलाई अझै सुदृढ बनाउन आवश्यक छ।’ त्यस्तै उनले मेलमिलाप नीति नेपाली कांग्रेसका लागि मात्र नभई देशक लागि नै आवश्यक रहेको बताए।

त्यस्तै कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसले जन्मकालदेखि नै निरन्तर गरेको संघर्षको कारण नै आज नेपाली राजनीति यहाँसम्म आइपुगेको बताए।

उनले भने, ‘नेपाली कांग्रेसले जन्मकालदेखि नै निरन्तर गरेको संघर्षको कारण जनताको अधिकारको लागि गरेको संघर्षको कारण आज नेपाली राजनीति यहाँसम्म पुगेको छ। आधुनिक नेपालको राजनीतिक जग बनाउने काम नेपाली कांग्रेसको नेतृत्वले नै बनेको छ।’

प्रकाशित मिति: : 2024-12-31 12:19:00

प्रतिकृया दिनुहोस्