अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ को प्रिमियरका क्रममा हैदराबादको सन्ध्या थिएटरमा भागदौड हुँदा एक महिलाको मृत्यु भएको छ भने उनको ९ वर्षीय बालक गम्भीर घाइते भएका थिए।
डिसेम्बर–४ देखि अस्पतालमा भर्ना भएका बालकको स्वास्थ्यमा गम्भीर रहेकाे छ। बच्चाको अवस्था चिन्ताजनक रहेको र सास फेर्न नसक्दा ब्रेन डेड घोषित गरिएको छ।
बच्चाको न्यूरोलोजिकल अवस्थामा कुनै देखिने सुधार छैन। जसका कारण बच्चा मेकानिकल भेन्टिलेसनमा छ। उनलाई भेन्टिलेटरबाट हटाउन ट्रेकियोस्टोमी गर्ने तयारी भइरहेको छ।
हैदराबाद सिटी पुलिसले ट्विटरमा गरेको पोस्ट अनुसार, डाक्टरहरूले उनीहरूलाई जानकारी दिएका छन् कि केटाको भेन्टिलेटरमा उपचार भइरहेको छ र उपचार लामो समयसम्म हुने सम्भावना छ।
डाक्टरहरूले छिट्टै उनकाे स्वास्थ्य अवस्थाबारे मेडिकल बुलेटिन जारी गर्ने पनि पोस्टमा उल्लेख छ।
घटना के थियाे?
डिसेम्बर–४ मा सन्ध्या थिएटरमा भएको भागदौडमा घाइते भएका बालकलाई अक्सिजनको अभाव र सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको थियो।
डिसेम्बर–१० मा बच्चालाई अक्सिजन सपोर्टबाट हटाइयो तर डिसेम्बर–१२ मा उनको अवस्था फेरि बिग्रियो।
यसैबीच हैदराबाद शहरका प्रहरी आयुक्त सीभी आनन्दले अस्पतालको भ्रमण गरेपछि उनले ९ वर्षीय तेजको श्वासप्रश्वासको कमीका कारण ब्रेन डेड भएको र निको हुन लामो समय लाग्ने जानकारी दिए। आमाको भने त्यही दिन मृत्यु भइसकेको छ।