मङ्गलबार, १३ अक्टोबर २०२६

भुटानी शरणार्थी प्रकरण: बेचन झा र प्रतीक थापालाई थुनामै राख्न उच्च अदालतकाे आदेश

File Photo
• • •

उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बेचन झा र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई थुनामै राख्न आदेश दिएकाे छ।

जिल्ला अदालत काठमाडौँले आफूहरूलाई गैरकानूनी रुपमा थुनामा पठाएको भन्दै उनीहरुले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

न्यायाधीशद्वय अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले जिल्ला अदालतकाे आदेश सदर गर्दै झा र थापालाई थुनामै राख्न आदेश दिएकाे हाे।

उनीहरूलाई गत भदौ २ गते जिल्ला अदालत काठमाडौँले थुनामा पठाउने आदेश गरेकाे थियो।

याे पनि...
• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!