नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार अभियुक्त झा पक्राउ

फाइल तस्विर
फाइल तस्विर

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पनि पक्राउ परेका छन्।

उनलाई शुक्रबार राति पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। जिल्ला अदालत काठमडाैँले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेकाे थियाे।

साे प्रकरणमा अन्य नेताहरु धमाधम पक्राउ पर्न थालेपछि भागेका झालाई प्रहरी कन्चनपुरबाट पक्राउ गरेकाे हाे।

पक्राउपछि उनकाे स्वास्थ्यमा समस्या देखिएकाे र अहिले उपचारका लागि अस्पताल भर्ना गरिएकाे नेपाल प्रहरीकाे विशेष स्राेतले बिएल नेपाली सेवालाई जानकारी दियाे।

यस प्रकरणमा बिहीबारमात्रै एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल)का छाेरा प्रतीक थापा पक्राउ परेका थिए।

२०७९काे अन्त्यतिरबा सुरु भएकाे याे पक्ररणकाे अनुसन्धानमा दुई दर्जन बढीलाई प्रतिवादी बनाएकाे थियाे। ती मध्ये कति पुर्पक्षका लागि थुनामा छन्। भने, कति धराैटीमा छुटेका छन्। त केही अहिले पनि फरार रहेका छन्।

प्रकाशित मिति: : 2024-06-29 12:11:00

प्रतिकृया दिनुहोस्