नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले काठमाण्डु गुर्खाजलाई पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान बिहीबारको दोस्रो खेलमा जनकपुरले काठमान्डुलाई ५ विकेटले पराजित गरेकाे हाे।
यससँगै जनकपुर बोल्ट्स एनपीएलको प्लेअफ पुग्ने पहिलो टोली बनेको छ। यो जितसँगै जनकपुरको ६ खेलबाट १० अंक भएको छ। उसले अझै एक खेल खेल्न बाँकी छ। काठमान्डुले दिएको १०२ रनको लक्ष्य जनकपुरले १६औँ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको हो।
जनकपुरका लागि जेम्स निशामले २७ र हर्ष ठाकेरले अविजित २५ रनको योगदान गरे। त्यसअघि लाहिरु मिलान्था १६ र कप्तान अनिल साह ११ रनमा आउट भएका थिए।
काठमाडौँका लागि करण केसीले २ तथा साहब आलम र दीपेश कंडेलले १–१ विकेट लिए। टस जितेर ब्याटिङ रोजेको काठमान्डु १९.१ ओभरमा १०१ रन बनाएर अलआउट भएको थियो। जनकपुरका लागि हर्ष ठाकरले नट आउट रहेर सर्वाधिक २७ रन जोडे। उनले १७ बलमा १ चौका र ३ छक्का प्रहार गरे। जिमी निशम २५ बलमा १ चौका र १ छक्काको सहित २५ रनमा आउट भए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँ निर्धारित १९.३ ओभरमा अल आउट हुँदै १ सय १ रनको झिनो योगफल तयार गरेको थियो।
काठमाडौँका लागि जेहार्ड एरास्मसले सर्वाधिक २० रन बनाए। उनले २२ बलमा २ चौका प्रहार गरे। कप्तान करण केसीले १३ बलमा १९ रन जोडे।
माइकल लेभिट ६ बलमा ८ रन बनाउँदै किशोर महतोको बलमा आउट भए। लेभिट मोहम्मद मोहसिनबाट समातिए।
सातौँ ओभरमा ललित राजवंशीले दुई विकेट निकाले पछि जनकपुर खेलमा पूर्णतः हाबी भएको थियो। ललितले १७ रन बनाएका स्टेफन स्किनाजी र रनको खाता नै नखोलेका सुमित महर्जनलाई पेभिलियनको बाटो देखाएका थिए। शेर मल्लले २०औँ ओभरमा २ विकेट लिदै काठमाडौँलाई अल आउट गरे।
जनकपुरका लागि ललित र शेरलर समान ३, मोहम्मद मोहसिनले २ तथा किशोर महतो र अरनिको यादवले समान १ विकेट लिए। हारपछि पनि काठमाडौँको प्लेअफ सम्भावना बाँकी छ।
जनकपुरले आफ्नो अन्तिम खेल आइतबार चितवन राइनोजसँग खेल्नेछ। काठमाडौँले पोखरा र विराटनगरसँग खेल्न बाँकी छ।