बिएल संवाददाता
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा साेमपाल कामी कप्तान रहेकाे कर्णाली याक्सले पहिलाे जित दर्ता गरेकाे छ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनाेजलाई ६ विकेटले पराजित गर्दै कर्णालीले पहिलाे जित दर्ता गरेकाे हाे।
कर्णालीले चितवनले दिएकाे १३१ रनकाे लक्ष्य अन्तिम १ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गर्याे।
कर्णालीकाे जितमा भारतीय क्रिकेटर शिखर धवनले ४५, चाणविक वाल्टनले ३०, देव खनालले २५ र जिसान मक्सुदले अविजित १२ रन प्रहार गरे।
चिवनका रवि बाेपरा, कप्तान कुशल मल्ल र जान निकाेल लाेफ्टी इटनले १-१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे चितवनले निर्धारित २० ओभरमा १३० रन बनाएकाे थियाे। चितवनका बाेपराले अर्धशतक प्रहार गरेता पनि जितकाे लाग पर्याप्त भएन। उनले ४० बलमा ७ चाैका र १ छक्का मद्दतमा ५९ रन प्रहार गरे।
त्यस्तै कप्तान मल्लले २३ र विपिन रावलले ११ रन प्रहार गर्नुबाहेक अन्य खेलाडीले दाेहाेर अंका जाेड्न सकेन्।
कर्णालीका विपिन शर्माले ३ विकेट लिए। र, उनी नै प्लेयर अफ दि म्याच भए। भने, मक्सूदले २ तथा साेमपाल कामी र नन्दन यादवले १-१ विकेट लिए।
एनपिएलमा कर्णालीकाे याे पहिलाे जित हाे।
अहिलेसम्मकाे खेल तालिकाअनुसार ३ खेलमा शतप्रतिशत जित निकाले जनकपुर बाेल्ट्स पहिलाे, २ खेलमा २ जित निकालेकाे सुदूरपश्चिम दाेस्राे, ३ खेलमा २ जित निकालेकाे चितवन तेस्राे र ३ खेलमा १ जित हात पारेकाे कर्णाली चाैथाे स्थानमा रहेकाे छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया