जनकपुर बोल्ट्सको ‘टाइटल स्पोनसर’मा डिएनए इन्टरनेश्नल नेपाल

जनकपुर बोल्ट्सले ‘टाइटल स्पोनसर’को रुपमा डिएनए इन्टरनेश्नल नेपालसँग सम्झौता गरेको छ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले डिएनए इन्टरनेश्नल नेपालसँग सम्झौता गरेको हो।

रन्जना ट्रेड सेन्टरको आधिकारिक बिक्रेता रहेको डिएनए इन्टरनेश्नल नेपाल क्लोथिङ म्यानिफ्याक्चरिङ कम्पनी हो। डिएनए इन्टरनेश्नल नेपाल ८ वर्षअघि नेपालमा स्थापना भएको कम्पनी हो। यसले अहिले नेपालमा आफ्नो बजार व्यवसाय गरिरहेको छ। भने, भविष्यमा एमाजनहरुबाट विश्व बजारमा जाने योजना रहेको छ।

सोही क्रममा जनकपुर बोल्ट्सका निर्देशक अमित श्रेष्ठले टाइटल स्पोन्सरको रुपमा डिएनए इन्टरनेश्नल नेपाललाई जनकपुर बोल्ट्समा स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन्।

आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सले न्यूजिल्यान्डका प्रसिद्ध क्रिकेटर जिमी निसमलाई अनुबन्ध गरिसकेको छ। बोल्ट्समा अन्य विदेशी लाहिरु मिलान्यालगायतका खेलाडी छन्।

मुख्य प्रशिक्षकमा नेपालका पूर्वप्रशिक्षक पुबुदु दाशानायके र प्रशिक्षकमा मनोज कटुवाल रहेका छन।

प्रकाशित मिति: : 2024-11-26 19:41:00

प्रतिकृया दिनुहोस्