दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति

फाइल तस्बिर
फाइल तस्बिर

साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएकाे छ।

जिल्ला अदालत काठमाडाैँले बुधबार प्रसाईंलाई पाँच हिरासतमा राखेर विद्युतीय काराेबारसम्बन्धी ऐनमा अनुसन्धान गर्न अनुमति दिएकाे हाे। प्रसाईंलाई साइबर ब्यूराले अदालत उपस्थित गराएकाे थियाे।

प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीबारे सामाजिक सञ्जालमा भ्रम फैलाएकाे आराेप प्रहरीकाे रहेकाे छ।

उनलाई मंगलबार नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे थियाे। 

प्रकाशित मिति: : 2024-11-20 13:20:00

प्रतिकृया दिनुहोस्