सरकारले कार्यालय समय सुरु हुनैलाग्दा सार्वजनिक बिदाकाे घाेषणा गरेकाेप्रति आममानिसले असन्तुष्टि जनाएका छन्।
साेमबार बिहान प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद्काे आकस्मिक बैठकले पूर्वसभामुख दुमननाथ ढुङ्गनाकाे निधनप्रति दु:ख व्यक्त गर्दै आज सार्वजनिक बिदा दिने घाेषणा गरेकाे थियाे।
बिहान ९ बजे बसेकाे बैठकले १० बज्नै लाग्दा सार्वजनिक बिदाकाे घाेषणा गरेकाे थियाे। कार्यालय समय सुरु हुनैलाग्दा बिदाकाे घाेषणा गरिएकाेप्रति आममानिसले असन्तुष्टि जनाउँदै सरकारकाे आलाेचना गरकाे छन्।
कार्यालय पुगेर हाजिरी गरेपछि बिदाकाे घाेषणा सुनेकाे भन्दै धेरैले गुनासाे गरेका छन्। भने, कुनै-कुनै सरकारी कार्यालयमा टाढा टाढादेखि आएका सर्वसाधारण समेत अलपत्र परेका छन्।
यसैबीच काठमाडाैँ सिंहदरबारमा सेवाकाे लागि आएका सेवाग्राही पनि निराश भएर घर फर्किएका छन्। त्यसमा कतिपय त दुर्गम जिल्लाबाट आएका मानिस पनि छन्।
केही सरकारी कार्यालयले त सेवाग्राहीसँग क्षमासमेत मागेका छन्।
पूर्वसभामुख ढुङ्गानाकाे निधन आइतबार दिउँसाे नै भए पनि सरकारले भने साेमबार ९ बजेपछि बैठक बाेलाएकाे थियाे।