दाङको तुलसीपुरमा बालबालिकाले नक्कली नाेटसँग सक्कली नाेट साट्ने गरेको पाइएको छ। पसल–पसलमा गएर नक्कली नाेट दिने र सक्कली नाेट लिने गरेको पाइएको हो।
पसलमा गएर १०० को रिचार्ज किन्ने र एक हजारकाे नक्कली नाेट दिने, बाँकी ९०० सक्कली नाेट लिने गरेको घटना बाहिरएको छ। नक्कली नाेटसँग सक्कली नाेट साटिरहेको सूचना पाएपछि प्रहरीले ४ जना बालबालिकालाई पक्राउ गरेको छ।
नक्कली नाेट काराेबार गरेको आराेपमा ईलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका १० का ३० वर्षीय राममनी चौधरीसहित वडा नम्बर ८ का बालक, तुलसीपुर ९ बस्ने शान्तिनगर गाउँपालिका ४ का १७ वर्षकै अर्का एक बालक र तुलसीपुर ९ बस्ने १९ वर्षीय धनबहादुर खत्रीलाई पक्राउ गरेको छ।
उनीहरूलाई एक हजारका १२ थान (१२ हजार) नक्कली नाेटसहित बिहीबार राती १० बजे तुलसीपुर ९ बेलुवा र वडा नम्बर ५ बसर्क पिपलबाेटबाट पक्राउ गरिएकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी ईन्स्पेक्टर प्रकाश थापाले जानकारी दिए।
उनीहरूलाई पक्राउ गरिएपनि उक्त नक्कली नाेट कहाँबाट ल्याए भन्ने खुलेको छैन। हाल ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर पक्राउ परेका ४ जनामाथि अनुसन्धान भइरहेको छ।