राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हेटौँडा उपमहानगरपालिका वडा नम्बर– १२ को उपनिर्वाचनको उम्मेदवार टुङ्गाएको छ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडाध्यक्षका लागि मंसिर १६ मा उपनिर्वाचन हुनेछ।
आइतबार वडा, नगर र जिल्ला कार्यसमितिको संयुक्त बैठकले आशा बिर बललाई वडा अध्यक्षको उम्मेदवारमा रास्वपा मकवानपुरले अघि सारेको हो।
‘हेटौंंडा उपमहानगरपालिका वडा नम्बर– १२ मा विभिन्न समाजिक कार्यहरूमा सहभागिता जनाउँदै आइरहेका बललाई रास्वापाको उम्मेदवार पाएका छाैँ, आशा बिर बल सक्षम उम्मेदवार हुनुहुन्छ’ नगर सभापति धुर्वबहादुर विष्टले भने।
उक्त रिक्त रहेको पदमा रास्वपाले सर्वाधिक मत ल्याएर वडा अध्यक्ष पदमा निर्बाचित हुनेमा कुनै शंका नरहेको मकवानपुर क्षेत्र नम्वर १ सभापति टाकाराज थापाले दाबी गरे।
‘हाम्रो उम्मेदवार पुराना दलभन्दा कुनैपनि कुराले कमजोर छैन’, रास्वपा मकावानपुरका सभापति भरत पराजुलीले भने। ‘योपल्ट हेटौँडा– १२ नम्बर का जनता सचेत छन्। पक्कैपनि देशको राजनीति अवस्था अवलम्बन गरेर मतदान गर्नु हुनेछ भन्नेमा हामी ढुक्क छौँ’, उनले थपे।
यसैगरी अन्य उम्मेदवारमा रास्वपाबाट आशाबिर बल, एकीकृत समाजवादीबाट बलराम बल, राप्रपा प्रेम लामा ब्लोन ,कांग्रेसबाट सम्भावित अर्जुन तिवारी, एमालेबाट सम्भावित राजेश नगरकोटी र माओवादीबाट सम्भावित रविन प्रधान रहेका छन्।