अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भैलाे खेलिरहेकाे समूहलाई बसले ठक्क दिँदा दुई जनाकाे मृत्यु भएकाे छ। साेमबार साँझ भैलाे नाचिरहेकाे अवस्थामा ना ३ ख २४७१ नं.को बस अनियन्त्रित हुँदा दुर्घटना भएकाे थियाे।
दुर्घटनामा परेर एक महिलाकाे घटनास्थलमै मृत्यु भएकाे र अर्की एक जना महिलाकाे जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारका क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।
मृत्यु हुनेमा २२ वर्षीया तारा श्रेष्ठ र ७० वर्षीया रुनी खनाल रहेकाे प्रहरीले जनाएकाे छ।
दुर्घटनामा परेर १८ जना घाइते भएका छन्। घाइतेमध्ये ९ जनालाई थप उपचारका लागि बुटवल पठाइएकाे छ।
भिडियाे: