सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि कास्की प्रहरीकाे हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आज अदालतमा उपस्थित गराइने भएकाे छ।
तिहार अगाडि नै उनकाे म्याद सकिएकाे भएपनि बिदाका कारण उनलाई अदालतमा उपस्थित गराउन सकिएकाे थिए। तिहार बिदापछि आजबाट कार्यालय खुल्ने भएपछि उनलाई अदालतमा पेस गरिने भएकाे हाे।
रविलाई भेटेर फर्किएका रास्वपाका कार्यकर्ताले बताएअनुसा उनकाे बयान लिने क्रम सकिएकाे छ। अब अदालतमा बहसपछि उनलाई थप अनुसन्धानका लागि हिरासतमा राख्ने या छाेड्ने भन्नेबारे आदेश हुनेछ।
यद्यपि, रुपन्देही प्रहरीले पनि उनीविरुद्ध साेही प्रकरणमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेकाेले उनकाे आजै रिहा हुने अवस्था भने देखिँदैन।
नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धन ब्यूराेले रविलाई साे प्रकरणमा अनुसन्धानका लागि कात्तिक २ गते पार्टी केन्द्रीय कार्यालय च:मतिबाट पक्राउ गरेर कास्की प्रहरीमा बुझाएकाे थियाे।
उनकाे पक्राउकाे विराेधमा आन्दाेलनरत रास्वपा कार्यकर्ताले आजबाट आन्दाेलनका कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।