सुन तस्करी प्रकरणमा पक्राउ परेका राहुल महरा एक वर्षपछि रिहा

File Photo
File Photo

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा रिहा भएका छन्।

विद्युतीय चुरोट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका राहुल एक वर्षपछि मंगलबार रिहा भएकाे पारिवारिक स्रोतले जनाएकाे छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले उनलाई साधारण तारिखमा छोड्न आदेश दिएसँगै उनी जेलमुक्त भएका हुन्।

२०७९ पुस १० गते दुबईबाट विद्युतीय चुरोट (भेप) मार्फत लुकाएर ल्याइएकाे सुन प्रकरणमा जोडिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई गत वर्ष भदौ १३ गते पक्राउ गरेकाे थियो।

नेकपा माओवादी केन्द्रको उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरा जेठा छोरा राहुलविरुद्ध  आपराधिक विश्वासघात, भन्सार चोरीपैठारी र सङ्गठित अपराधमा अभियोग कसुर लगाइएको थियाे।

प्रकाशित मिति: : 2024-10-31 13:33:00

प्रतिकृया दिनुहोस्