महिला फुटबल टाेली छाड्ने प्रशिक्षक तामाङकाे घाेषणा

राष्ट्रिय महिला टाेलीका प्रशिक्षक राजेन्द्र तामाङले पद छाड्ने घाेषणा गरेका छन।

बुधबार सम्पन्न साफ महिला च्याम्पियनसीपकाे फाइनलमा नेपाली टाेली बंगलादेशसँग पराजित भएसँगै प्रशिक्षक तामाङले अब टाेलीसँग नरहने घाेषणा गरेका हुन।

‘अब म महिला टिमसँग काम गर्दिनँ, आजको खेल अन्तिम हो। राजीनामा भन्दा पनि अब  छाड्छु। क्लबतिर जान्छु। यहाँ अरु नयाँ मान्छेहरु आउँछन्’, उनले भने।

नेपाल बंगलादेशसँग २-१ गाेलले पराजित हुँदा इतिहास रच्नबाट चुकेकाे छ।

प्रकाशित मिति: : 2024-10-30 21:46:00

प्रतिकृया दिनुहोस्