मनै लाेभ्याउने थरी–थरीका फूलहरु (तस्बिरहरू)

१७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ।

फ्लोरिकल्चर एशोसिएसनले बिहीबारदेखि जावलाखेलमा फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु गरेको हो।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराको साथ सुरू भएकाे प्रतियोगितात्मक प्रदर्शनी कात्तिक ११ गतेसम्म सञ्चालन हुनेछ।

प्रदर्शनीमा सहभागी नर्सरी/फर्महरूले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइनेछ। प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरूमा मिनियचर, स्पाईडर, रिफ्लेक्स, ईन्कर्भ र गोदावरीको कट फ्लावर रहनेछ।

एशोसिएसनले पुष्प व्यवसायको व्यवसायीक विकास विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले २०५१ सालदेखि लगातार रुपमा पुष्प मेला र प्रदर्शनीको आयोजना गर्दै आएको छ।

प्रकाशित मिति: : 2024-10-24 17:02:00

प्रतिकृया दिनुहोस्