बुधबार, १७ डिसेम्बर २०२५

सुनको मूल्यमा नयाँ रेकर्ड कायमै

Break n Links
• • •

आज (सोमबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

सोमबार एकैदिन प्रतितोला ६ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ तोकेको छ। यसअघि आइतबार १ लाख ६५ हजार रूपैयाँ कायम भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि २० रूपैयाँले बढेको छ। आइतबार तोलामा २ हजार ७५ रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले बढेर २ हजार ९५ रूपैयाँमा कारोवार भइरहेको छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!