साताका २१ तस्बिर: गुआनिनको मूर्ति-छेउमा उडिरहेका परेवाहरुदेखि न्यूयोर्कमा झुमिरहेका माेडलसम्म

Break n Links
Break n Links

स्पेसएक्सको स्टारशीप ‘बोका चिका’काे परीक्षण उडान याे साता चर्चामा छ। अमेरिकाकाे टेक्सासबाट उडेकाे याे स्टारशीपले दिएकाे खुसीलगत्तै अर्जेन्टिनाबाट प्राप्त पूर्ववन डाइरेक्शन सदस्य गायक लियाम पेनेकाे मृत्युकाे खबरले संगीत प्रेमीहरुलाई दुखी बनायाे। त्यसाका साथै मध्यपूर्वमा जारी यद्धका दृश्य र भय पनि याे साता सामाजिक सञ्जालमा फैलिरहेका छन्।

यीसँगै याे साता संसारभरि भएका घटनाहरुलाई समेट्दै राेयटर्सका फाेटाे पत्रकारहरुले खिचेकामध्ये २१ उत्कृष्ट तस्बिर यहाँ प्रस्तुत छ:


आफ्नो पाँचौं उडान परीक्षणको क्रममा उडान गर्दै स्पेसएक्सको स्टारशीप ‘बोका चिका’ अमेरिकाको  टेक्सासमा।

अमेरिकाको न्यूयोर्क सहरमा आयोजना भएको भिक्टोरिया सेक्रेट फेशन शो २०२४मा र्याम्पमा हिँड्दै सुपर मोडल टाइरा ब्याङक्स आफ्ना सहयोगीहरुसँग।

जर्मनीको बर्लिनको चिडियाखानाका एक कर्मचारी दुई महिना पुरानो विशाल पाण्डा शावकसँग।

स्पेनको लास रोजासमा भएको अर्नोल्ड क्लासिक युरोपेली महिला बडिबिल्डिङ इभेन्टमा स्टेज लिनुअघि प्रतियोगीहरू वार्मअप गर्दै।

हिजबुल्लाह र इजरायली सेनाहरू बीचको द्वन्दको कारण विस्थापित मानिसहरूमध्ये बेरुत, लेबनानमा।

दक्षिण अफ्रिकाको केप टाउनस्थित काप्रीको आवासीय क्षेत्रको फोहोरको थुप्रोबाट खानेकुरा खोज्दै बाँदरहरु।

विश्वको सबैभन्दा ठुलो सेलिङ्ग रेगाटा, बारकोलाना सेलिङ्ग रेगाटाको सामान्य दृश्य इटालीको ट्रिस्टेमा।

दक्षिणी गाजा पट्टीको खान युनिसमा इजरायल-हमास द्वन्द्वको कारण विस्थापित प्यालेस्टिनी बालबालिकाहरु स्वयमसेवीहरुले बाढेको खाना लिन लाइनमा।

चीनको गान्सु प्रान्तमा आयोजित मिडिया भ्रमणको क्रममा एक पर्यटक गुआन्झाउको गोबी मरुभूमिमा मूर्तिकलाको अगाडि तस्विरहरू खिच्दै।

नाइजेरियाको ओयो राज्यको इग्बो ओरामा वार्षिक जुम्ल्याहा महोत्सवमा भाग लिने क्रममा जुम्ल्याहा दिदी-बहिनी हात समात्दै।

बेलायतको लन्डनस्थित केउ गार्डनमा हेलोवीन लाइट ट्रेलको भ्रमण गर्दा मास्क लगाएको एक बालक।

जापानको टोकियोस्थित यासुकुनी तीर्थस्थलमा शरद ऋतु उत्सवको क्रममा आयोजित एक अनुष्ठानमा शिन्तो पूजारीहरू।

के पप ब्याण्ड बिटीएस सदस्य जे होप दक्षिण कोरियाको वोन्जुमा रहेको सैन्य आधारबाहिर आफ्नो १८  महिनाको अनिवार्य सैन्य सेवाबाट डिस्चार्ज भएपछि गाडीभित्रबाट हात हल्लाउँदै।

पूर्ववन डाइरेक्शन सदस्य गायक लियाम पेने मृत फेला परेको होटेलबाहिर मैनबत्ती बाल्दै उनका फ्यान अर्जेन्टिनाको ब्यूनस आयर्समा।

भारी वर्षाको समयमा बाढी आएको दृश्य हेर्दै मानिसहरू मोन्टेरे, मेक्सिकोमा।

ब्राजिलको साओ पाउलोमा भएको साओ पाउलो फेसन विकमा मोडलहरू ब्राण्ड नोर्मान्डोको शोको लागि ब्याकस्टेज तयारी गर्दै।

मोरक्कोको ओआरजाजेटबाहिर सहारा मरुभूमिबाट देखिएको पूर्ण चन्द्रमा।

भारतको उत्तरी राज्य हरियाणाको डाबरी गाउँको खेतमा धान काट्ने यन्त्रले छोडेको धानको कान टिपिरहेकी महिला।

नाइल नदीमा डुङ्गाबाट माछा मार्दै मछुवाहरु इजिप्टको कायरोमा।

देवता गुआनिनको मूर्तिको छेउमा उडिरहेका परेवाहरु ताइवानको किलुङमा।

बुद्ध धर्मावलम्बीको कमल फाल्ने महोत्सवमा भाग लिने क्रममा बुद्धको मूर्तितिर कमलका फूलहरू फ्याक्दै श्रदालुहरु थाइल्याण्डको समुत प्राकानमा।

प्रकाशित मिति: : 2024-10-19 16:27:00

प्रतिकृया दिनुहोस्