सुनको मूल्यमा नयाँ कीर्तिमान, ताेलामा कति?

Break n Links
Break n Links

नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेरर तोलामा १ लाख ६२ हजार ४ सय रूपैयाँ कायम भएको छ। याे मूल्य अहिलेसम्मकै उच्च हाे।

बुधबार सुनको मूल्य तोलामा १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको थियो।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। बुधबार तोलामा १ हजार ९ सय ५० रूपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ।

प्रकाशित मिति: : 2024-10-17 11:24:00

प्रतिकृया दिनुहोस्