विपदको सामना गर्न सरकार मानसिकरुपमा तयारै थिएन: प्रधानमन्त्री ओली (भिडियाे)

File Photo
File Photo

प्रधानमन्त्री केपी शर्मा ओलीले यो विपदका बारेमा सरकार मानसिकरुपमा तयार नै नभएको बताएका छन्।

आज विशेष पत्रकार सम्मेलन गर्दै उनले भने, ‘यस प्रकारको वर्षा होला यसप्रकारको क्षति होला भन्ने अनुमान थिएन। हामी त्यसको पूर्वतयारीका लागि मानसिकरुपमा तयार पनि थिएनौँ। सधै हुनेगरेका विपत्तिहरूजस्तै लागेको थियो। विपत्ति कत्रो आउँछ भन्ने अनुमान भएन। पूर्व तयारी गर्दा गर्दै रोक्नसक्ने पनि हुँदैन। भूकम्प अनि कोभिडका बेला पनि त्यस्तै भयो। सोचेको भन्दा पनि अलि डरलाग्दो तरिकाले आयो।’

उनले उद्धार तथा राहतमा सरकार अनि सरकारी संयन्त्रहरूले जानीजानी ढिलाइ वा लापरवाही नगरेको पनि दाबी गरे।

‘चार हजारभन्दा बढी मानिसहरूको उद्धार गरेर उहाँहरूको जीवन जोगिएको छ। केही गर्दै नगरेको होइन। केही कमीकमजोरी भएका होलान् आगामी दिनमा सच्याउँदै जानेछौं। तर केही नभएको भन्ने होइन। राम्रा काम पनि भएका छन्। यो राज्य अनि सरकारको मात्रै होइन यो सिङ्गो नेपाली समाजको विषय हो’, उनले भने, ‘केही ठाउँमा उद्धारमा ढिलाइ भएको पनि हुनसक्छ तर जानीजानी ढिला गर्ने अनि लापरवाही गर्ने त भएन होला। यता प्राथमिकता दिने कि कता दिने भन्ने अलमल भयो होला।’ 

प्रकाशित मिति: : 2024-10-01 16:55:00

प्रतिकृया दिनुहोस्