घट्याे नेप्से, ५ अर्बको कारोबार

नेप्सेमा आज ४ अङ्कको गिरावट आएको छ। बुधबार नेप्से ४ अङ्कले घटेर २५७६.७६ विन्दुमा रोकिएको हो।

आज ३२० कम्पनीको कारोबार हुँदा एक करोड ३९ लाख ५२ हजार १२१ कित्ता शेयर ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९६१ को खरिद बिक्री भएको छ।

नेप्सेका अनुसार आज कालिका लघुवित्तको शेयर मुल्य सबैभन्दा बढी ७.८८ प्रतिशतले बढेको छ। त्यस्तै, आज गुडविल फाइनान्सको शेयर मुल्य सबैभन्दा बढी ६.७७ प्रतिशतले घटेको छ।

आज सबैभन्दा बढी सिइबिडी हाइड्रोको सबै भन्दा बढी २० करोड ५३ लाख २९ हजार २२४ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै आज कुमारी बैंकको शेयरको सबैभन्दा बढी ५ लाख ७ हजार २७० कित्ता शेयर कारोबार भएको छ।

प्रकाशित मिति: : 2024-09-18 15:24:00

प्रतिकृया दिनुहोस्