टिकटकमाथिको प्रतिबन्ध आजदेखि हट्ला?

Break n Links
Break n Links

सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएकाे प्रतिबन्ध हटाउने तयारी गरेको छ।

सामाजिक सद्भाव भड्काउने र अश्लिल गतिविधिहरु बढेको भन्दै १० महिनाअघि टिकटकमाथि लगाएको प्रतिबन्ध आजदेखि हटाउने तयारी गरिएको हाे।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्दै मन्त्रिपरिषद्मा पठाएको छ। यद्यपि टिकटकमाथिको प्रतिबन्ध हटाउने/नहटाउने निर्णय मन्त्रिपरिषद्ले गर्नेछ।

यदि आज बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्याे भने देशभर प्रतिबन्धित भएको टिकटक सहजै चलाउन पाइनेछ।

पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले गत वर्ष कात्तिक २७ गते टिकटकले सामाजिक सामाजिक सद्भाव बिगारेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

टिकटकले पत्र लेखेर नेपालका सबै कानुन र शर्त मान्ने लिखित प्रतिबद्धता जनाएपछि प्रतिबन्ध हटाउने तयारी सुरु गरिएकाे हाे।

चीन सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउन पटक पटक विभिन्न तहबाट दबाब दिँदै आएको छ। टिटकमाथिको प्रतिबन्ध फुकुवालाई केहीले भूराजनीतिक प्रभावका रुपमासमेत व्याख्या गरिरहेका छन्। 

प्रकाशित मिति: : 2024-08-22 12:25:00

प्रतिकृया दिनुहोस्