बिएल संवाददाता
एमाले संसदीय दलको नेता चयनमा सर्वसहमती नभएपछि प्रतिस्पर्धाका लागि सुहाङ नेम्वाङ र रामबहादुर थापा बादल अघि सरेका छन्।
हिरासतमा रहेका अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेललगायतबाट बादललाई सर्वसहमतिबाट नेता चुन्न नेम्वाङ तगारो बनेपछि उनको समर्थनमा नलाग्न शीर्ष नेतृत्वले उर्दी गरेको छ।
ओलीको बोलीको विकल्प नखोज्न चेतावनी दिँदै नेम्वाङको प्रस्ताव र समर्थक पनि नबस्न सांसदहरूलाई शीर्ष नेतृत्वले उर्दी जारी गरेको हो। सुहाङको पक्षमा खुलेका सांसदहरूलाई एमाले महासचिवले बन्द कोठमा बोलाएर केरकार गरिरहेको च्यासलबाट एक केन्द्रीय सदस्यले खुलासा गरेका छन्। उनका अनुसार स्वयं सुहाङ नेम्वाङलाई समेत बोलाएर उनले दाबी फिर्ता लिन भनेका छन्।
च्यासल स्रोतका अनुसार एमाले महासचिवको सक्रियतापछि संसदीय दलको नेता दाबी गरेका नेम्वाङले प्रस्तावक र समर्थकसमेत नपाउने स्थिति बनेको छ। सांसदहरू उनको पक्षमा कुराकानी गर्न त परको कुरा उनीसँग नजिकिएर कुरा गर्नसमेत डराइरहेका छन्। नेम्वाङले प्रस्तावक र समर्थकसमेत नपाएपछि उपाध्यक्ष बादल निर्विरोध निर्वाचित हुने पक्का भएको छ।
एक सांसदले भने, ‘एमाले पदाधिकारीहरू अझै पनि सुध्रिने छाँटकाँट देखिएन। सुहाङजीले प्रस्ताव र समर्थकसमेत पाउनुभएन। अगाडि सरेका साथीहरू पनि ब्याक हुनुभयो। यति पाइहाल्नुभएको भए गोप्य मतदानमा हामीहरू उहाँको पक्षमा मत दिन तयार नै थियौं।’
यता एमाले युवा नेताहरूले भने उपाध्यक्ष बादललाई सुहाङको पक्षमा समर्थन गर्दै उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए।
युवा नेता नरेश रोकयाले भने, ‘नेकपा एमालेको संसदीय दलको नेता चयनका लागि क. रामबहादुर थापा ‘बादल’ र क. सुहाङ नेम्वाङका बिचमा चुनावी प्रतिस्पर्धा हुने भएको छ। समयको वेगलाई बुझेर बादल कमरेड उम्मेदवारी फिर्ता गर्नुहोस्।’
अनेरास्ववियूका पूर्व अध्यक्षसमेत रहेका अर्का युवा नेता समिक बडालले योग्यता र आवश्यकताको घडीमा आफूभन्दा उपयुक्त व्यक्ति अघि आउँदा सच्चा नेताले बाटो छोडेर मार्ग प्रशस्त गरिदिनु नै ठूलोपन हुने सुझाव दिएका थिए।
उनले भनेका छन्, ‘नेतृत्व पद होइन-जिम्मेवारी हो, र जिम्मेवारीको अर्थ हो समयको माग बुझ्नु। आज युवाको गुनासो शब्दले होइन, व्यवहारले मात्र मेटिन्छ। नेकपा एमाले प्रति भरोसा फर्काउने हो भने निर्णयहरूमा दूरदृष्टि र इमान्दारी देखिनैपर्छ। संसदीय दलले विवेक, साहस र जनअपेक्षाको सम्मान गर्दै उचित निर्णय गरोस, किनकि सही निर्णयले मात्र मन जित्छ, र मन जितेपछि मात्र आन्दोलन बलियो बन्छ।’
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया