बिएल संवाददाता
एमाले संसदीय दलको नेतामा सुहाङ नेम्वाङले आफ्नो दाबी कायमै राखेका छन्।
दलको नेता चुन्न बसेको एमाले पार्टीको बैठक च्यासलमा जारी रहँदा नेम्वाङ आफ्नो अडानबाट पछि नहटेका हुन्। अध्यक्ष केपी ओली पक्षले उपाध्यक्ष रामबहादुर थापा बादलको नाममा सर्वसहमतीको प्रयास जारी रानेका छन्। यता नेम्वाङले भने टीके प्रथाको अन्त्य हुनुपर्ने अडान लिएका हुन्।
च्यासल स्रोतका अनुसार नेम्वाङले पार्टीको विधि पद्धति तथा वरिष्ठताक्रमको विषयमा आफू अवगत रहेको तर, जेनजीको म्यान्डेट, युवा पुस्ताको उर्जा र नेतृत्वको आवश्यकताबारे अवगत गराएका छन्।
उनले दलको नेता टीका लगाएर दिने परम्परा अन्त्य गर्नुपर्ने उल्लेख गर्दै निर्वाचन प्रक्रियाबाट दलको नेता छान्नुपर्ने अडान लिएका छन्। चुनावी प्रक्रियामा आफू पराजित भए स्वीकार्न तयार रहेको उनले बताएका छन्।
‘अब टीका लगाएर जिम्मेवारी दिने परम्परा तोड्नैपर्छ। यस्तै कारणले हामी आज यो हालतमा आइपुगेका छौं। अब पनि नसुध्रिए पार्टीको अस्तित्व नै संकटमा नपर्ला भन्न सकिन्न,‘ सुहाङको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले बताए।
यसअघि सांसद पदको शपथ ग्रहण समारोहमा सिंहदरबार पुगेका बेला सुहाङले ‘पार्टीले आफूलाई अगाडि बढाए आफू खुट्टा नकमाउने’ स्पष्ट पारेका थिए।
एमाले स्रोतका उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङलगायत अधिकांश पदाधिकारी र सांसद सुहाङको पक्षमा खुलेका छन्। यता अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेल भने समानुपातिक सांसद बनेका पार्टी उपाध्यक्ष रामबहादुर थापा (बादल)लाई वरिष्ठताको आधारमा दलको नेता चयन गर्नुपर्ने अडानमा छन्।
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया