समाजवादी मोर्चाको बैठक बस्दै

File Photo
File Photo

समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ। मोर्चाको बैठक अपरान्ह ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो।

मोर्चाका प्रमुख घटक माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिएर प्रतिपक्षमा पुगेपछि बैठक बस्न लागेको हो।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र मोर्चाको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।

समाजवादी मोर्चामा अहिले माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन्।

प्रकाशित मिति: : 2024-07-16 11:33:00

प्रतिकृया दिनुहोस्