ओली सरकार असफल भएकाे निष्कर्ष निकालेका विपक्षी दलहरु नयाँ रणनीति तय गर्न छलफलमा जुटे

Break n Links
Break n Links

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)सहितका दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ। माओवादी केन्द्रका अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएका हुन्।

बैठकमा प्रतिपक्षमा रहेका सम्पूर्ण दलका शीर्ष नेताहरु सहभागी रहेको बताइएको छ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ।

विपक्षी दलहरु एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे सरकार असफल भएकाे ठहर गर्दै आन्दाेलन गर्ने बताएका छन्।

भने, संसदकाे चाैथाे ठुलाे दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद्मा सरकारले उचित कदम चाल्न नसकेकाे भन्दै संसदकाे विशेष अनिवेशनकाे माग गरेकाे छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले छठ पर्वपछि सरकारविरुद्ध सडकमा जाने घाेषणा गरेकाे छ।

प्रकाशित मिति: : 2024-10-18 10:25:00

प्रतिकृया दिनुहोस्