‘ब्रिजकाेर्स’: एसइईपछि सही गन्तव्यमा डाेराेर्‍याउने बाटाे (भिडियाे)

मिनु गोले

काठमाडौं
Break n Links
Break n Links

कैलालीका सिराज भट्ट एसइई दिएर उच्च शिक्षा अध्ययनका लागि अहिले काठमाडौँ आएका छन्। सरकारी विद्यालयबाट एसइई दिएका उनी ब्रिजकोर्स गर्न काठमाडौँ आएका हुन।

काठमाडाैँ आएपछि कहाँ पढ्ने? कसरी पढ्ने? भनेरै उनी १०/१२ अलमलिए। आफन्तकाे सल्लाहपछि बल्ल नयाँ बनेश्वारमा रहेको क्याम्ब्रिज इन्फोटेकमा ब्रिजकोर्स पढिरहेका छन्।

सिराजलाई विज्ञान विषय पढ्न मन छ। तर, विज्ञान विषय पढ्न सजिलो छैन। कलेजमा सीमित कोटा हुने भएकाले विज्ञान विषयका लागि विद्यार्थीहरुले कडा प्रतिस्पर्धा गर्नुपर्छ।

‘गाउँका विद्यालयमा राम्रा शिक्षक नहुनु र भएका शिक्षकले पनि राम्रोसँग नपढाएका कारण कमजाेर छु कि जस्ताे लाग्थ्याे, त्यही भएर काठमाडाैँ आएर ब्रिजकाेर्स पढिरहेकाे छु’, उनले भने।

सकेसम्म उनी छात्रावृत्तिमा पढ्न चाहन्छन्। त्यही भएर उनी अहिले कडा मिहेनत गरिरहेका छन्।

ललितपुरकी सुरक्षा कटुवाललाई पनि डाक्टर बन्ने मन छ। याे उनकाे बाल्यकालदेखिकाे सपना हाे।

एसइई दिएपछि उनले सपनालाई सँग-सँगै लिएर ब्रिजकोर्स पढिन्। नेपालमै बसेर आफ्नाे सपनालाई सकार बनाउने उनको योजना छ। अहिले उनी लक्ष्य पूरा गर्न निरन्तर अगाडि बढ्दै छिन।

कैलालीबाटै ब्रिजकोर्स पढ्नका लागि मुकेश विक पनि काठमाडौँ आए। उनी पनि एसइई सकेर विज्ञान विषय पढ्न क्याम्ब्रिज इन्फोटेकमा प्रवेश परीक्षा (इन्टान्स)का लागि पढिहेका छन्।

एसइईपछिकाे खाली समय सदुपयाेग गर्दै आफूलाई अब्बल बनाउने साेचसहित ब्रिजकाेर्स पढेकाे उनले बताए।


विद्यार्थीले देखेको सपनामा ब्रिजकोर्सले थपेको उत्साह (भिडियो)


कक्षा ११मा आफूले इच्छाएकाे विषय पढ्न कलेजहरुले लिने प्रवेश परीक्षा (इन्टान्स)मा सजिलाे हुने विश्वासका साथ अधिकांश विद्यार्थीले ब्रिजकाेर्स गर्ने गर्छन। र, एसइईपछि खाली समय यसकाे लागि उपयुक्त हुन्छ। भने, कतिपयले एसइईकाे नतिजापछि पनि काेर्स गरेर प्रवेश परीक्षा दिने गर्छन्।

विज्ञान, व्यवस्थापनसँगै प्राविधिक विषय पढ्ने साेच बनाएका विद्यार्थीका लागि ब्रिजकाेर्स आवश्यक हुने क्याम्ब्रिज इन्फोटेकका व्यवस्थापन समीर श्रेष्ठ बताउँछन्।

‘विशेषगरी साइन्स पढ्ने विद्यार्थीलाई ब्रिजकोर्स महत्वपूर्ण हुन्छ’, उनले भने, ‘यसमा ११/१२मा कस्तो खालको कोर्स हुन्छ भन्ने ज्ञान बुझिन्छ, जसले गर्दा ११/१२मा लगभग ६० प्रतिशत कभरमा आउँछ, जसले गर्दा प्लस टूमा राम्रो अकं ल्याउन सकिन्छ।’

उनका अनुसार ब्रिजकाेर्स आफूले पढ्न चाहेकाे विषयमात्रै नभएर पढ्ने मन लागेकाे कलेज र त्यहाँकाे वातावरणबारे बुझ्ने अवसर पनि हाे।

पढ्न कति लाग्छ पैसा?

ब्रिजकोर्स मुख्यगरी तीन महिना अवधिकाे हुन्छ। यसमा प्लस टूमा पढ्ने कुन विषय पढ्न याेजना बनाएका छन् साेही अनुसार पढाइने गरिन्छ। यसमा शुल्क भने संस्थाअनुसार फरक-फरक हुने गर्छ। अहिलेका चलनचल्तीका कलेजहरुले १०-१२ हजारमा पढाउने गरेका छन्।

भिडियाे:

ललितपुरमा उजेलिएकाे ‘प्रभात’ (भिडियोसहित)

काठमाडौँको ‘काँठ’मा चम्किरहेको एउटा ‘सरकारी’ स्कुल (भिडियोसहित)

प्रकाशित मिति: : 2024-07-07 18:09:00

प्रतिकृया दिनुहोस्