विद्यार्थीले देखेको सपनामा ब्रिजकोर्सले थपेको उत्साह (भिडियो )

मिनु गोले

काठमाडौं
Break n Links
Break n Links

सुर्खेतकी निस्तिका अधिकारी ‘एसईई’ दिएर काठमाडौं आएकी थिइन्। ‘साइन्स’ पढ्ने सपना बोकेर राजधानी छिरेकी उनी नयाँ बानेश्वरको ‘क्यामब्रिज इनफोटेच’मा ब्रिजकोर्श गदैछिन्। 

आफूले गरिरहेको ब्रिजकोर्शले पढाइलाई अगाडि बढाउने कुरामा उनी विश्वस्त छिन्। स्वदेशमै बस्न रुचाउने अधिकारी ‘डाक्टर’ बन्ने सोचमा छिन्। 

ब्रिजकोर्श गरिरहेकी स्मृति रिमालले डाक्टर बन्ने सपना बुनेकी छन्। ‘साइन्स’ लिएर पढ्ने तरखरमा रहेकी उनी डाक्टर बनेर बिरामीको सेवामा तल्लीन हुन चाहन्छिन्। 

तर विदेशमै बसेर। उनका अनुसार स्वदेशमा कडा परिश्रम गर्नुपर्छ तर साचेजस्तो तलबै पाइँदैन। अहलिे उनी त्यही सपनालाई पूरा गर्न लागिपरिरहेकी छन्। 

ललितपुरकी सुदर्शी कटुवालको सानैदेखिको सपना थियो, ‘डाक्टरी’ पढ्ने। त्यही सपनालाई साकार गर्नका लागि उनी पनि अहिले ब्रिजकोर्श गर्दैछिन्। र, आफूले देखेको सपनालाई पनि सँगसँगै अगाडि दौडाउँदैछिन्। पढाइमा पोख्त रहेकी सुदर्शीको नेपालमै बस्ने रहर छ। 
 

बाजुराबाट इन्जिनियरिङ पढ्न काठमाडौं आएका छन्, आयुशराज गिरी। सानैबेला देखेको सपनालाई पूरा गर्न उनी काठमाडौं छिरेका थिए। अहिले उनी ब्रिजकोर्श गर्दैछन्। र, यसले धेरै पढाइमा धेरै सहयोग पुगेको उनी बताउँछन्। इन्जिनियरिङको पढाइसँगै जागिर खाने तयारी छन् गिरी। 

विभिन्न सपना बुनेर काठमाडौं भित्रिएका उनीहरू त केबल प्रतिनिधि पात्राहरू मात्रै हुन्। उनीहरूजस्ता धेरै विद्यार्थीहरू छन्, जो ब्रिजकोर्श गरेर आफ्नो पढाइसँगै सपनाहरूलाई पनि पूरा गर्न चाहन्छन्। 

प्रकाशित मिति: : 2024-07-01 08:19:00

प्रतिकृया दिनुहोस्