बिएल संवाददाता
गुरुङ पर्यटन व्यवसायी संघ (गण्डकी प्रदेश) शताब्दीयौँ पुरानो इतिहासको अन्वेषण र संस्कृति संरक्षण गर्न जुटेकाे छ।
संघ गुरुङ समुदायको प्राचीन इतिहासलाई ब्युँताउन र प्रवर्द्धन गर्न गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल) को अन्वेषणमा लागेको हाे।
गुरुङ जातिको उद्गमस्थल क्होलासोँथर सँगै पुरानो गाउँबस्ती, खर्क र अवशेषसँगै त्यहाँका संस्कृतिलाई पर्यटनसँग जोड्ने गरी प्रवर्द्धनका कार्यक्रम अगाडि सारिएको छ।
गुरुङ समुदायको प्राचीन इतिहास र संस्कृतिलाई गुरुङ हेरिटेज ट्रेलको रुपमा विकास र प्रवर्द्धन गर्न खोजेको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले बताए।

नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पदमार्ग क्षेत्रका मादी, क्होलासोँथर, मर्स्याङ्दी र चामे गाउँपालिकाको सहयोगमा यही जेठ २१ गतेदेखि ३० गतेसम्म उक्त क्षेत्रमा १० दिने पदयात्रा अन्वेषण एवं प्रवर्द्धन कार्यक्रम भर्खरै सम्पन्न गरिएको छ।
टोलीले ताङतिङदेखि करापुडाँडा–ताप्रो–क्होलासोँथर–ठूलो लेक–थुर्जु–दूध पोखरी–गुरुङ देउराली–डाँफे खर्क–तिमाङ हुँदै बेँसीसहरसम्मलाई १० दिनको भ्रमण यात्रा पुरा गरेका छन्।

गण्डकी प्रदेशको कास्कीस्थित घान्द्रुक, सिक्लेस, ताङतिङ, याङ्ज्यकोट, भाचोक, हेम्जाकोटा गाउँहरूका साथै लमजुङका घले गाउँ, भुजुङ, पस गाउँलगायतका स्थानमा घरवास सञ्चालनमा छन्।
आफ्नो मौलिक संस्कार र संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ गुरुङ पर्यटन व्यवसायी संघले गुरुङ हेरिटेज ट्रेललाई पर्यटकीय गन्तव्यको रुपमा अगाडि सारेकाे छ।

८-१० दिनको पदमार्गमा गुरुङ बस्ती, खर्क, भञ्ज्याङ, देउरालीसहित अन्नपुर्ण हिमाल, माछापुच्छ्रे, लम्जुङ, मनास्लु, ताललगायत वनस्पति, चराचुरुङ्गी र वन्यजन्तुको अवलोक गर्न सकिने माउन्टेन गाईड तथा संघका सदस्य सन्जीव गुरुङ बताउँछन्।
यस पदमार्गले पास गाउँ, भाचोक, याङजाकोट, तान्तिङ, सिक्लेसलगायत स्थानका सामुदायिक घरवासलाई पनि जोड्ने उनले बताए।
प्राचीनकालमा कास्की, लमजुङ, मनाङ हुदै परापूर्वकालमा मानिसहरु भोटमा नुन बोक्न जाने मार्ग हो। यही पुरानो मार्गलाई पदयात्रा पर्यटनसँग गुरुङ हेरिटेज ट्रेलले जोडिने प्रयास गरेको हाे।
तस्बिरहरू: सन्जीव गुरुङ





























वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया