सनीराज शाक्य
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीहरुकाे समस्या समाधानका लागि रुससँग पाँच वटा बुँदा अगाडि सारेकाे जानकारी दिएका छन्।
साेमबार सिंहदरबारमा बसेकाे सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बाेल्दै मन्त्री श्रेष्ठले रुसी सेनामा रहेका नेपालीकाे अवस्था र समस्या समाधानका लागि पाँच वटा बुँदा अगाडि सारिएकाे जानकारी दिएका हुन्।
मन्त्री श्रेष्ठकाअनुसार पहिलाे बुँदामा हाल रुसी सेनामा सक्रिय रहेका नेपालीकाे संख्याबारे रहेकाे छ। त्यस्तै दाेस्राे बुँदामा मृतक नेपालीकाे शव नेपाल ल्याउने विषय रहेकाे छ।

तेस्राेमा बुँदामा सरकारले क्षतिपूर्ति माग गरेकाे छ। क्षतिपूर्तिकाे सन्दर्भमा रुस सरकारले काम अगाडि बढाएकाे तथा त्यसका लागि नेपालबाट कागजात पनि पठाइसकिएकाे मन्त्री श्रेष्ठले जानकारी दिए।
यसैगरी चाैथाे बुँदा रुसी सेनामा रहेका नेपालीकाे कन्ट्याक्ट (सम्झाैता)बारे रहेकाे छ। मन्त्री श्रेष्ठकाअनुसार नेपाल सरकारले रुसलाई नेपालीहरुसँग गरिएकाे कार्य समझाैता खारेज गर्न भनेकाे छ।
अन्तिम अर्थात् पाँचाैँ बुँदामा युक्रेनले बन्दी बनाएका नेपालीकाे रिहाइकाे विषय समेटिएकाे छ। जसअन्तर्गत सरकारले रुसी सेनामा भर्ती भएर युद्धबन्दीकाे रुपमा युक्रेनकाे कब्जामा रहेका नेपाली रिहाकाे लागि रुसले विशेष प्राथमिकताका साथ कार्य गर्नुपर्ने कुरा राखिएकाे मन्त्री श्रेष्ठले जानकारी दिए।
मन्त्री श्रेष्ठले यसका साथै रुस सरकारसँग निरन्तर सम्वाद भइरहेकाे बताए। ‘मैले परराष्ट्रमन्त्री भएकाे भाेलिल्ट नै रुसकाे विदेशमन्त्रीसँग टेलिफाेन गरेर सबै कुरा गरेँ। त्यसपछि हाम्राे परराष्ट मन्त्रालयले रुसकाे यहाँकाे राजदूतलाई बाेलाएर निरन्तर छलफल गरिरहेकाे छ र यी बुँदाहरु प्रस्तुत गरिराखेकाे छ’, उनले भने।
मस्काेस्थित नेपालकाे राजदूतावासले पनि विदेशमन्त्रीसँग निरन्तर यी बुँदाहरु राखिरहेकाे उनकाे भनाइ छ। त्यसका साथसाथै अरु उपाय पनि अपनाइरहेकाे र आवश्यक परे आफैँ रुस जाने प्रतिबद्धतासमेत मन्त्री श्रेष्ठले व्यक्त गरे।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया