बिएल संवाददाता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज (शुक्रबार) विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिन आज अपरान्ह १ बजे प्रदेशसभाको बैठक बोलाइएको छ।
८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ। महरा एमालेका २९, माओवादी केन्द्रका ११, नाउपाका ४, जसपाका ३, एकीकृत समाजवादीका एक र स्वतन्त्र एक सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
तर, विश्वासको मत लिनुअघि नाउपा, एकीकृत समाजवादी, जसपा र स्वतन्त्र सांसदले पूर्वसहमति पालना नगरको भन्दै विश्वासको मत नदिने धम्की दिइरहेका छन्।
महराले अहिले एमालेका एक, माओवादी केन्द्रका एक र जनता समाजवादी पार्टीका एक जनालाई मन्त्री बनाएका छन्। तर, पूर्वसहमतिअनुसार नाउपा र जसपाले २-२ मन्त्री पाउने सहमति भएको बताउँदै विश्वासको मत दिन बाध्य नहुने बताएका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया