भारतको नैनीताल दुर्घटना अपडेटः मृतक ५ जना बाँकेका, १ जना बर्दियाका 

भारतको उत्तराखण्ड नैनीताल जिल्लामा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका नेपालीमध्ये ५ जना बाँकेका र १ जना बर्दियाका रहेको खुलेको छ। 

भारतबाट प्राप्त विवरणअनुसार मृत्यु हुनेमा बाँकेको फत्तेपुरका ५० वर्षीय राजु चौधरी, सोही ठाउँका ४१ वर्षीय मितराम चौधरी, ५० वर्षीय बिट्ट चौधरी, ५० वर्षकै विनोद चौधरी र कोहलपुरका ४५ वर्षीय राजु चौधरी रहेका छन्। 

यस्तै बर्दियाका ६० वर्षीय कृष्णबहादुर रहेका छन्। जिल्ला प्रशासन कार्यालय बाँकेले मृत्यु भएकाको नाम सार्वजनिक गर्दै आफन्तलाई सम्पर्क गर्न आग्रह गरेको छ। 

यसअघि भारतीय समाचार संस्था आउटलुकले ७ जना भारतीयसहित ८ जनाको मृत्यु भएको उल्लेख गरेको थियो। 

भारतबाट प्राप्त विवरणअनुसार मृत्यु हुनेमा ६ जना नेपाली र १ जना भारतीयसहित ७ जनाको मृत्यु भएको खुलेको छ। 

यस्तै मंगलबार बिहान आउटलुकले लेखेको समाचारअनुसार बिएल नेपाली सेवाले पनि मृत्यु हुनेको नाम सार्वजनिक गरेको थियो।

मृत्युककाे परिचय– 
प्रकाशित मिति: : 2024-04-09 19:22:00

प्रतिकृया दिनुहोस्