बिएल संवाददाता
अर्थमन्त्री वर्षमान पुनका चालक वरिष्ठ हवल्दार उज्वल भण्डारीले प्रहरी जवानलाई कुटेका छन्।
आफूलाई सलाम नगरेको भन्दै उनले प्रहरी जवान सुन्दर सिंहलाई सिंहदरबारभित्रै कुटेकाे अधिकारीहरूले जनाएका छन्।
मंगलबार बिहान करिब १० बजेतिर चालकसमेत रहेका वरिष्ठ हवल्दार भण्डारीले प्रहरी जवान सिंहलाई अर्थमन्त्रालय परिसरमै दुर्व्यवहार गरेकाे अर्थमन्त्री पुनको सुरक्षार्थ खटिएका अर्का एक वरिष्ठ हवल्दारले जनाएका छन्।
दुई दर्जन माओवादी कार्यकर्ताकै अघिल्तिर वरिष्ठ हवल्दार भण्डारीले सिंहलाई थर्काउँदै कुटेपछि माहौल एकछिन तनावग्रस्त बनेको थियाे। सिंह एसपी सन्तोष तामाङका अंगरक्षक हुन्।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयले उक्त घटनाको विस्तृत जानकारी गराउन सिंहदरबार गणलाई निर्देशन दिएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया